एमाले कास्की निर्वाचन पट्यार लाग्दो, रातभर मतदान, ७ सय मत खस्यो

-


     क्लिक गण्डकी     
     चैत्र १४ गते २०८० मा प्रकाशित


एमाले कास्की नयाँ नेतृत्वका लागि मतदान शुरु

एमाले कास्की नयाँ नेतृत्वका लागि मतदान शुरु

पोखरा, १३ चैत्र/ नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन अन्र्तगत मतदान चलिरहेको छ । मंगलबार साझ साढे सातबाट मतदान शुरु भएकोमा मतदान अहिले पनि चलिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म ७ सय बढिले मतदान गरेका छन् । रातभर मतदान गर्दा पनि अहिले पनि मतदान चलिरहेको छ । १६ वटा मतदान मेसिनबाट मतदान चलिरहेको छ । एक जनालाई २० मिनेट भन्दा बढि मतदान गर्न लागेको छ ।

अधिवेशनमा दुई सूमहमा कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । प्यानल बनाउन नपाइने भए पनि उपमहासचिव पृथ्वीसुब्वा गुरुङ र स्थाई कमिटि सदस्य खगराज अधिकारी पक्षमा कडा प्रतिष्प्रर्धा हुने देखिन्छ ।

अधिकारी समुहबाट बैनबहादुर अधिकारी क्षेत्री र पृथ्वीसुब्बा गुरुङ प्यानबाट माधव बास्तोलाले उम्मेदवारी दिएका छन् । यस्तै विवेक त्रिपाठीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा गुरुङ समूहबाट शिव आचार्य र अधिकारी समूहबाट भेषराज बरालले उम्मेदवार छन् । सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् । लामा अधिकारी पक्ष र गुरुङ पृथ्वी सुब्वा समूहबाट उम्मेदवारी दिएका हुन् ।

२ उपसचिवका लागि ५ जनाको उम्मेदवारी परेको छ । अधिकारी पक्षबाट लालबहादुर परियार, सन्तु सुवेदी र गुरुङ पक्षबाट राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । संगिता सुवेदीले प्यानल वाहेकबाट उम्मेदवारी दिएकी छन् ।

अधिबेसनबाट १ सय २१ जनाको नयाँ कार्यसमिति चयन हुने छ । १ सय १० सदस्यका लागि करिब २ सय जनाले उमेद्वारी दिएका छन् । एमाले कास्की अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि छन् । ७ जना भने र्निबिरोध निर्वाचीत भएका छन् ।