एमाले कास्की नयाँ नेतृत्वका लागि मतदान शुरु (को को छन् उमेद्वार सहित)

-


     क्लिक गण्डकी     
     चैत्र १३ गते २०८० मा प्रकाशित


एमाले कास्की नयाँ नेतृत्वका लागि मतदान शुरु

एमाले कास्की नयाँ नेतृत्वका लागि मतदान शुरु

पोखरा, १३ चैत्र /नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन अन्र्तगत मतदान शुरु भएको छ । चैत १० गते देखी शुरु भएको अधिवेशन सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भए पछि आज मतदान शुरु भएको हो ।

अधिवेशनमा दुई सूमहमा कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । प्यानल बनाउन नपाइने भए पनि उपमहासचिव पृथ्वीसुब्वा गुरुङ र स्थाई कमिटि सदस्य खगराज अधिकारी पक्षमा कडा प्रतिष्प्रर्धा हुने देखिन्छ ।

अधिकारु समुहबाट बैनबहादुर अधिकारी क्षेत्री र पृथ्वीसुब्बा गुरुङ प्यानबाट माधव बास्तोलाले उम्मेदवारी दिएका छन् । यस्तै विवेक त्रिपाठीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा गुरुङ समूहबाट शिव आचार्य र अधिकारी समूहबाट भेषराज बरालले उम्मेदवार छन् । सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् । लामा अधिकारी पक्ष र गुरुङ पृथ्वी सुब्वा समूहबाट उम्मेदवारी दिएका हुन् ।

२ उपसचिवका लागि ५ जनाको उम्मेदवारी परेको छ । अधिकारी पक्षबाट लालबहादुर विक, सन्तु सुवेदी र गुरुङ पक्षबाट राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । संगिता सुवेदीले प्यानल वाहेकबाट उम्मेदवारी दिएकी छन् ।

अधिबेसनबाट १ सय २१ जनाको नयाँ कार्यसमिति चयन हुने छ । १ सय १० सदस्यका लागि करिब ६ सय जनाले उमेद्वारी दिएका छन् ।

एमाले कास्की अधिवेशनमा झन्डै १ हजारजना प्रतिनिधि छन् । सदस्यका लागि करिब ३ सय जनाले उमेद्वारी दिएका छन् ।https://www.facebook.com/photo/?fbid=1008502097626447&set=pcb.1008503037626353