
एमाले कास्कीको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनीक
पोखरा, १२ चैत/ नेकपा एमाले कास्कीमा नयाँ नेतृत्व चयन गर्न मंगलबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनीक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार साँझ साढे ७ बजे सम्म उम्मेद्वारको दरखास्त फारम वितरण हुनेछ । उमेद्वारले दरखास्त फाराम मंगलबार साढे ८ बजे सम्म बुझाइ सक्नु पर्नेछ । साढे १ बजे निर्वाचन हुने कार्यतालिकामा उल्लेख छ ।
अहिले सम्म निर्वाचनमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह बनाएर निर्वाचनमा होमिने तयारी देखीएको छ ।
पृथ्वीसुब्बा समूहबाट एमाले कास्कीको अध्यक्षमा माधव बास्तोला र सचिवमा सुरेन्द्र गुरूङलाई उम्मेदवार बनाउने तयारी गरे छ । सबै पदाधिकारी र जिल्ला समितिमा प्यानल बनाउने तयारी गरे पनि अहिलेसम्म टुंगो लागिसकेको छैन ।
खगराज प्यानलबाट अध्यक्षमा हालका सचिव बैनबहादुर क्षेत्री र सचिवमा दर्शन लामा उम्मेदवारीको तयारीमा छन् । यस समूहबाट जिल्ला कमिटीको पदाधिकारी र सदस्यसम्म प्यानल बनाउने तयारी भइरहेको छ ।
अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछन् । अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि छन् ।





