
पोखरा, २७ फागुन/ एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ विन्ध्यबासिनी मावि पोखरा १६ बाटुलेचौर र संस्थागत तर्फ पोखरा ७ मा रहेको मदरल्याण्ड मावि कास्की जिल्ला प्रथम हुन सफल भएको छन् । यी दुई विद्यालय पोखरा महानगरपालिकामा पनि प्रथम भएका छन् ।
५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइमा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ ।
कास्की जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम भएको हो । विद्यालयबाट २०७९ को एसइइ मा ७९ जना विद्यार्थी सामेल भएका थिए ।
त्यसै गरी एसइइ नतिजामा अमरसिंह माविले २३२ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ०७९ प्रतिशत जिपिए ल्याइ कास्की जिल्लामा दोस्रो, १०७ जना विद्यार्थी सहभागी गराइ ३ दशमलव ०६५ प्रतिशत जिपिए ल्याइ सितलादेवी मावि तेस्रो र ७१ जना विद्यार्थी सामेल गराइ भुर्जुङखोलाको माछापुच्छ्रे माविले २ दशमवल ९५२ प्रतिशत जिपिए ल्याइ कास्किमा चौथो स्थान हासिल गरेको छ ।
त्यसै गरी सस्थागत विद्यालय तर्फ मदरल्याण्ड मावि मासबरले १५१ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ४७७ प्रतिशत जिपिए ल्याइ कास्की जिल्ला प्रथम भएको छ । शिसु निकेतन बोर्डिङ बिरौटा ३ दशमलव ४५९ प्रतिशत, गण्डकी बोर्डिङ लामाचौरले ३ दशमल ४१९ र केफ स्कुल सिम्पानी ३ दशमलव ३६२ प्रतिशत जिपिए ल्याइ क्रमश कास्की जिल्लामा दोस्रो, तेस्रो र चौथो भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जानकारी दिएको छ ।
सामुदायीक तर्फ उत्कृष्ट विन्ध्यवासिनी र सस्थागत तर्फ मदरल्याण्ड माविलाई शनिबार पोखरा महानगरपालिका उत्कृष्ट भएकोमा सम्मानीत गरेको छ । मदरल्याण्ड माविले कक्षा १२ मा पनि देशभरबाट प्रथम हुन सफल ३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

एसइइमा मदरल्याण्डबाट ४ जिपिए ल्याउने दुई जना र फिष्टेल एकेडेमीबाट ४ जिपिए ल्याउने १ जनालाई सम्मान गरेको थियो । त्यसै गरी मदरल्याण्डबाट कक्षा ८ मा ४ जिपिए ल्याउने ८ जना विद्यार्थीलाई पनि सम्मान गरेको थियो । उनीहरुलाई पोखराका मयेर धनराज आचार्यले सम्मान तथा पुरस्कृत गरे । सोही अवसरमा पोखराका विभिन्न विद्यालयमा २५ वर्ष भन्दा बढि सेवा गरेका शिक्षक शिक्षिकालाई दिर्घ सेवा पदकबाट सम्मानीत भए ।





