
पोखरा महानगरपालिका
पोखरा, २६ फागुन/ पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय फागुन २७ गते आइतबार दिउँसो १ बजे पछि बन्द हुने भएको छ ।
महानगरको सातौं स्थापना दिवस मनाउनका लागि दिउँसो १ बजेदेखि सेवा बन्द गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा सबै वडा कार्यालय, महाशाखा र शाखाहरु बन्द हुने छन् ।






