अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिला ५०/५० हजार नगद सहित सम्मानीत

-


     क्लिक गण्डकी     
     फागुन २५ गते २०८० मा प्रकाशित


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिला ५० ५० हजार नगद सहित सम्मानीत

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिला ५० ५० हजार नगद सहित सम्मानीत

पोखरा, २५ फागुन/ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकीका १६ महिलालाई ५० /५० हजार नगद सहित सम्मानीत भएका छन् ।

सम्मान हुनेमा राससका फोटो पत्रकार राधिका कँडेल, पत्रकार दुर्गा अधिकारी, प्रतिक्षा काफ्ले, सामाजिक अभियान्ताद्वय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा, नानुमाया गुरुङ र कमला गिरी खेलकुकर्मि रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भएका छन् ।

कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट सात वटा महिला सहकारी संस्थालाई सम्मान गरिएको थियो । प्रति सहकारीलाई ७५ हजारसहित सम्मानपत्र दिइएको थियो ।

कार्यक्रमका प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगाएतले पुरस्कार वितरण गरेका छन् ।