
टेवानकी अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित
पोखरा, २५ फागुन/ पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायीका रूपमा पचास हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो ।
पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान गरेको हो ।
गिरी नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्ष समेत हुन् ।





