मोडिफाइ गरिएका मोटरसाइकल चलाउन कास्कीमा निषेध

-


     क्लिक गण्डकी     
     फागुन २३ गते २०८० मा प्रकाशित


पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

पोखरा, २३ फागुन/ कास्की प्रहरीले पोखरामा स्वरुप फेरिएका मोटरसाइकल चलाउन निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गरी स्वरुप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने जनायो ।

स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने सुचनामा भनिएको छ ।

अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने कास्की प्रहरी जारी गरेको सूचनामा उल्लेख छ ।

कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियानबाट ६ सय ८१ व्टा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।