पोखरामा ६/६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन १ गते २०८० मा प्रकाशित


पोखरामा ६÷६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ

पोखरामा ६÷६ किलो सुन र चाँदी तथा ६३ लाख नगद सहित एक जना पक्राउ

पोखरा, १ फागुन/ पोखरामा ६ किलो सुन, ६ किलो चाँदी र करिब ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई सुन र नगद रुपैयाँ सहित पक्राउ गरेको हो ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । भारतको पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको टोलीले सोमबार ७ बजे सुरजितको कोठामा छापा मारेको थियो । मंगलबार बिहान साढे ४ बजेसम्म प्रहरीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको थापाले बताए ।
उनीबाट सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन, ६ किलो चाँदी बरामद भएको छ । त्यसै गरी ६२ लाख ८१ हजार रूपैयाँ नगद प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।

एउटा मोबाइल, आधारकार्ड, १३ वटा चेक, दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएको उनले बताए । सुरजित माथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा पठाउने तयारी भएको एसपी थापाले बताए ।

वरामद सुन, चाँदी तथा नगदको विवरण (परिमाण पथ्थर, लाहा र क्रिस्टल बाहेक):

विभिन्न किसिमका सुनका गरगहनाहरू-५ केजी २०० ग्राम,

काँचो सुन– ९९९.९० ग्रामको एक ढिका (विस्कुट)- १ थान, ५० ग्रामको १ ढिक्का (विस्कुट)- १ थान

चाँदी – ६ केजी

नगद – रु.६२,८१,०००।– (बैसठ्ठी लाख एकासी हजार)

मोवाइल – १ थान

आधार कार्ड – १ थान

विभिन्न बैंकका चेकहरू – १३ थान

डायरी – २ थान

रजिष्ट्ररहरू – ७ थान

नियन्त्रणमा लिएको व्यक्तिको विवरण :

भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ मोहरिया टोल बस्ने वर्ष ४० को सुरजित भौमिक ।



Tags: