रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु

-

     क्लिक गण्डकी     
     फागुन १ गते २०८० मा प्रकाशित

रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु

रवि लामिछानेको सुझाबपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पीडितलाई न्याय दिन सक्रिय छु

काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ुयो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।