यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०८० मा प्रकाशित


यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ

यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख दिने चारजना पोखरामा पक्राउ

पोखरा, २९ माघ/ शनिबार पोखरा महानगरपालिका वडा ९ पृथ्वीचोक स्थित बसपार्कबाट प्रहरीले यात्रुहरुलाई जवरजस्ती झोला तानी दुःख हैरानी दिने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला भिमाद नगरपालिका २६ बर्षीय सागर क्षेत्री, पोखरा महानगरपालिका वडा नम्बर ३२ का २४ का राजन खत्री, जिल्ला पर्वत महाशिला गाँउपालिका वडा ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा १४ खाल्टेमशिना बस्ने बर्ष १९ को सुनिल मल्ल र जिल्ला कास्की पोखरा महानगरपालिका वडा १५ बस्ने बर्ष १९ का अमृत सुनार रहेका छन् ।

उनीहरुले पृथ्वीचोक वसपार्कमा सवारी साधनको खोजीमा रहेका यात्रुहरुलाई झोला समाती आफुहरुले चाहेको गाडीमा चढ्न दवाव दिने नमानेमा दुःख हैरानी दिने गरेको प्रहरीको भनाई छ ।

निजहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक दिन १० को म्याद थप गरी अनुसन्धान कार्य जारी राखेको छ ।