आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०८० मा प्रकाशित


आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

आहा रारा गोल्डकपको तयारीः उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

पोखरा, ७ माघ/ मंगलबारदेखि पोखरामा हुने २३ औं आहा रारा पोखरा गोल्डकमा १२ टिमले प्रतियोगितामा सहभागी हुनेछन् । डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, चर्च ब्वाइज, एपिएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

विदेशी टिममा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । दिल्ली एफसी आउने भने पनि अन्तिम समयमा आउन नसकेको उनले बताए । उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब बिच खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार जित्नेछन् ।

यस्तै, सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटर खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने क्लबक अध्यक्ष केशब बरालले जानकारी दिए । उनले पुरस्कारमा मात्रै २८ लाख ३२ हजार खर्च हुने उनले बताए ।

क्लबले फुटबल प्रतियोगिताबाट एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । २३ औँ प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुनेछ । प्रतियोगिता सञ्चालनमा उद्योगपति तथा पूर्व सांसद स्व.सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ ।

उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख खर्च लाग्ने र १ करोड ८६ लाख आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ ।



Tags: