
टाइगर कप भलिबलको महिलातर्फ एपिएफ र गण्डकी खेल्दै तस्बिरः सुर्दशन रन्जित
पोखरा, ३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् ।
महिला तर्फको पहिलो खेलमा शसस्त्र प्रहरी वलको एपिएफ क्लवले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी अर्को खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो ।
समुह ए मा रहेको एपिएफ ५ अंक सहित समुह बिजेता हुदै समुह बीमा रहेको त्रिभुवन आर्मी उपविजेता हुदै पहिलो सेमिफाइनलमा खेल्ने छ । त्यसै गरी ६ अंक सहित समुह बी को विजेता भएको न्यु डायमण्ड एकेडेमीले ३ अंक सहित समुह ए को उपविजेता नेपाल पुलिससंग दोश्रो सेमिफाइनल खेलमा भिड्ने भएको छ ।
पुरुषतर्फ समुह बी मा रहेको नेपाल पुलिस क्लब एपिएफ क्लब संग लिग चरणमा ३–० ले हार व्यर्होर्दा पुलिस घर फर्किने भएको हो । समुह बी मा एपिएफको ३ अंक र समुहमा उपविजेता बनेको श्रीलंका आर्मी टिम समान ३ अंक सहित अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यस्तै गण्डकीले नेपाल आर्मी संग बिहिबार अन्तिम लिग खेल्नेछ । उक्त खेल माघ १ गते भएको उद्घाटन खेल प्रकाशका कारण अवरुद्ध बनेको थियो । उक्त खेलले नै समुह एको सेमीफाइनल समिकरणको टुङ्गो लगाउने छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिन पुरुषतर्फ लिग चरणको खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले पाहुना टोली श्रीलंका आर्मी टिमलाई ३–१ ले पराजित गरेको छ । पुलिसले पाहुना टोली श्रीलंका सगँ ४१–३९, २५–१३, २५–२० र २५–१७ सेटमा जित निकालेको थियो ।
त्यस्तै सुमह ए को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गण्डकी प्रदेशले टिप टप हेल्प नेपाल संग जित निकाले्को छ । गण्डकीले २५–१९, १५–२५, २५–१७, २५–२२ र १५–.१२ को सेटमा हरायो । जित संगै गण्डकीले २ अंक प्राप्त गरेको छ भने हेल्प नेपालले १ अंक हात पारेको छ । हेल्प नेपालले समुह ए मा कुल ४ अंक प्राप्त गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।