आर्मी आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा
पोखरा, १० माघ/ त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपमा क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।
बुधबार भएको खेलमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली आर्मी क्लब अन्तिम आठमा प्रबेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे ।
खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाए । पहिलो पटक आहा रारामा सहभागी राइजिङ स्टारलाई आर्मीले माघ १४ गते संकटा क्लब सँगको भेट पक्का ग¥यो ।
प्रतियोगितामा आर्मीका भरत खवास म्यान अफ दी म्याच बने । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।
चार पटक फाइनल पुगेपनि आर्मी उपाधि भने जित्न सकेको छैन । बिहीबारको खेल मच्छिन्द्र क्लब र जावलाखेल क्लब बीच हुनेछ ।