
पोखरा सडक महोत्सवमा खाना, संस्कृति र स्थानीय उत्पादनलाई प्रथामिकता, बिहीबार देखी शुरु
पोखरा, १० पुस/ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा खाना संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई पहिलो प्रथामिकता दिएको जनाएको छ ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा २५ औँ सडक महोत्सव स्वदेशी र विदेशी गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।
महोत्सवमा चाइनिज, इण्डियन, इटालीयन, थकाली देखि विभिन्न खानाका परिकारहरू उपलब्ध गराइने २५ वटा छुट्टछुटै स्थटल राखीएको बताए । त्यसै गरी सडक महोत्सवमा स्थानीय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रीहरूको निःशुल्क स्टल उपलब्ध गराएइ प्रथामिकताका साथ राखिने बताए ।
‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित २५ वर्ष देखी लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु डान्स, मयूर डान्स लगाएत विभिन्न प्रदेशका सास्कृतक कार्यक्रमहरु रहेको महोत्सव संयोजक विश्वराज पौडेले जानकारी दिए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्टी प्रदर्शन गरिने भएको पूर्व अध्यक्ष चौ बहादुर गुरुङले बताए ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १२ गते देखि १६ सम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने रेवान पोखराको दावी छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ बर्ष अघि सुरु भएको हो ।