पैसा नतिरेपछि गण्डकीको भौतिक मन्त्रालयको बिजुली काटियो

-


     क्लिक गण्डकी     
     कार्तिक १९ गते २०८० मा प्रकाशित


बिजुली

बिजुली

पोखरा, १९ कात्तिक/ पैसा नतिरेपछि गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ ।

विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो । कारागार कार्यालयले करिब २० लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

उनका अनुसार केही समयअघिसम्म कास्कीका अधिकांश सरकारी कार्यालयले महसुल नतिरेको पाइएपछि बाध्य भएर लाइन काट्नु परेको बताए ।



Tags: