आईपियुको १४७ औँ महासभा एङ्गोलामा शुरु

-


     क्लिक गण्डकी     
     कार्तिक ७ गते २०८० मा प्रकाशित


आईपियुको १४७ औँ महासभा एङ्गोलामा शुरु

आईपियुको १४७ औँ महासभा एङ्गोलामा शुरु

लुवाण्डा, एङ्गोला, ७ कार्तिक/ अन्तर ब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा गएराती (सोमबार)देखि शुरु भएको छ ।

“शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ शुरु भएको महासभाको भब्य समारोहका बिच उद्घाटन भएको छ । महासभा कार्तिक ६ देखि १० (अक्टोबर २३—२७) सम्म सञ्चालन हुने छ ।

महासभाको उद्घाटन समारोहमा गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्सले शान्ति र प्रजातन्त्रका लागि सबै संसदबादीहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिए । कार्यक्रममा अन्तर ब्यबस्थापिका संघ (आईपियु) का महासचिब डुराकल पाचेको, संयुक्त राष्टसंघका बिशेष प्रतिनिधी डुराटे पाचेका लगायतले शुभकामना दिए ।

१४७ औं महासभामा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय संसदीय प्रतिनिधि मण्डल सहभागी रहेको छ । महासभामा नेपालको तर्फबाट सहभागी प्रतिनिधि मण्डलका सदस्यहरुमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार एवम संघीय संसदका महासचिब डा. भरतराज गौतम, सहसचिब बबिता मिश्र, उपसचिब त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ (प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा हुनुहुन्छ ।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष तिमिल्सिना आईपियुको एसिया प्यासिफिक रिजनल बैठकमा सोमबार नै सहभागी हुनुभयो भने सोमबार नै भएको फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधीसभा सदस्य रुपा सोशी चौधरीले सहभागी हुनुभयो ।

आइपियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधीसभा सदस्य सन्तोष परियार सहभागी हुने कार्यक्रम छ भने नाम पार्लियामेन्टरी नेटवर्कको बैठकमा राष्ट्रिय सभाका सदस्य जितेन्द्र देव सहभागी हुने कार्यक्रम छ ।

यस्तै महासभा संगै संसदका महासचिबहरुका्े संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहनुभएका संघीय संसदका महासचिब डा. भरतराज गौतमले सहभागिता जनाउनुहुने कार्यक्रम छ ।



Tags: