मदरल्याण्डमा शिक्षक अभिभावक अन्तरक्रिया

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०८० मा प्रकाशित


मदरल्याण्डमा शिक्षक अभिभावक अन्तरक्रिया

मदरल्याण्डमा शिक्षक अभिभावक अन्तरक्रिया

पोखरा, २० पोखरा/ दिगो शिक्षण सिकाइका लागि विद्यार्थी, शिक्षक र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्धलाई ध्यानमा राखी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघारको शिक्षक अभिभावक अन्तरक्रिया गरेका छन् ।

अभिभावकले बालबालिकाको आचरण तथा शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गर्न पाउँदा निकै खुसी लागेको अभिभावकहरूले बताए ।

विद्यार्थी तथा बाबुनानीहरूलाई बौद्धिक एवम् चरित्रवान् बनाउनका लागि शिक्षक र अभिभावकले खेल्नुपर्ने असल भूमिका तथा शिक्षक र विद्यालय प्रशासनबाट बाबुनानीहरूलाई व्यक्तिगत हेरचाह गरेको विषयका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा कक्षाशिक्षक र विषयगत शिक्षकहरूले सहजीकरण गरेका थिए भने विद्यालय प्रशासनका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एकेडेमिक डीन प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए ।

उनले कक्षा एघार बाह्रका उमेर समूहका विद्यार्थीमा दखिने समस्या र त्यसको समाधान, खुसी रहने उपाय, समूहकार्य, प्रविधिको सही प्रयोग, कसरी महान् मानिस बनाउन सकिन्छ , स्वस्थ्य खानेकुरा, जीवनमा गर्नुपर्ने सङ्घर्ष आदि जस्ता विषयका बारेमा स्पष्ट गरेका थिए ।

कार्यक्रम दस जोड दुई अन्तर्गत व्यवस्थापन तथा विज्ञान समूहका संयोजकद्वय इन्द्रप्रसाद पौडेल र एलबी गुरुङ,ले सञ्चालन शिक्षक डा टेकनारायण पौडेल, दस जोड दुईका इन्चार्ज नारायण आचार्य, विद्यालयका प्राचार्य नारायण बराल लगायत विद्यालय र विद्यार्थीका बारेमा जानकारी दिएका थिए ।

नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयले हरेक वर्ष शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष हरेक हप्ताका दरले कक्षा नर्सरीदेखि बाह्रसम्मका सम्पूर्ण अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।