सेती नदीमा ९४ करोडमा दुई वटा अत्याधुनिक पुलको निर्माण हुदै

-


     क्लिक गण्डकी     
     भाद्र २१ गते २०८० मा प्रकाशित


सेती नदीमा ९४ करोडमा दुई वटा अत्याधुनिक पुलको निर्माण हुदै

सेती नदीमा ९४ करोडमा दुई वटा अत्याधुनिक पुलको निर्माण हुदै

पोखरा, २१ भदौ/ पोखराको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पृथ्बीचोक क्षेत्र (पोखरा रंगशाला) नजिक सेतीनदी अत्याधुनिक डिजाइनका दुई वटा मोटरेवल पुलको निर्माण कार्य सुरु भएको छ ।

पोखराको सेतीनदी माथि टावर सहितको दुई वटा पक्की पुल निर्माण गर्ने कामको सुरुवात भएको रसुवा कन्स्ट्रक्सन कम्पनीले जनाएको छ ।

पुल निर्माणको जिम्मा पाएसँगै कम्पनीले पुलको डिजाइन समेत स्वीकृत गरी अहिले भएको पुलको तलल्लो भागबाट काम थालेको छ । पुल निर्माणका लागि आवश्यक मेसिनहरू सहित निर्माण सामग्री राखेको शुरु गरेको छ ।

नेपालमा बनेका पुलहरू मध्य फरक प्रकृतिको पुल निर्माण हुने कम्पनीको दावी छ । पुलको बिचको स्पाम १ सय ४० मिटर र थप २५÷२५ मिटरको स्पाम क्षेत्रफल राखी १ सय ९० मिटर लामो पुल निर्माण हुने भएको कम्पनीको भनाई छ ।

हाल सञ्चालनमा रहेको पुलको उत्तर र दक्षिण साइडमा दुई वटा पुल चाइना पुलकै लेबलमा निर्माण हुने भएको हो । गाडी गुड्ने भाग साँढे ७ मिटर फुटपाथको रुपमा भने दुवै पुलको ३/३ मिटर रहने छ । साँढे १० मिटरको पक्की पुल निर्माण हुने भए पनि केही भाग टावर सहित गर्दा १३ मिटरको उक्त पुल निर्माण हुने छ ।

३६ महिना काम सक्ने गरेर कम्पनीले ठक्का लिएको हो । पुलका लागत ९४ करोड रहेको छ । पुल पोखराको लागि नौलो र सेल्फि ब्रिजको रुपमा निर्माण हुने कम्पनीको दावी छ ।



Tags: