
नेपाल आयल निगम पोखरा झेल
पोखरा, १४ भदौ/ नेपाल आयल निगमले बिहीबार राति देखी पेट्रोलियम पदार्थ र ग्यासँको मुल्य बढाएको छ ।
भदौ १५ गते देखी लागूहुने गरी निगमले पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेल र मट्टितेलमा २ रुपैयाँ ४८ पैसा र ग्यासँको मूल्यमा प्रति सिलिण्डर १ सय ८६ रुपैयाले बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैया ५० पैसा, दोस्रो वर्गमा १८१ र तेस्रो वर्गमा १८२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६७ रुपैया ५० पैसा, दोस्रोमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० रुपैयाबाट बढेर १८ सय ९५ रुपैया पुगेको छ । पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२, डिजेल र मट्टितेलको मूल्य १ सय ७० रुपैया पुगेको छ ।






