बस दुर्घटनाका घाइतेको अबस्था बुझ्न अध्यक्ष तिमिल्सिना अस्पतालमा

-


     क्लिक गण्डकी     
     भाद्र ८ गते २०८० मा प्रकाशित


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

काठमाण्डौ, ८ भदौ/ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

सम्माननीय अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाण्डौका बिभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहनुभएका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौमा रहेको बयोधा लगायतका अस्पतालमा पुगेर उपचार गराई रहेका घाइतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नुभयो ।

बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाण्डौको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १÷१ जनाको उपचार भैरहेको छ ।

काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनीबजार जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो भने १७ जना यात्रु घाइते भएका थिए । गजुरी गाउँपालिका वडा नं २ चालिसे भन्ने ठाउँमा बस अनियन्त्रित भई त्रिशुली नदी खसेर दुर्घटना भएको थियो ।



Tags: ,