मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम

-


     क्लिक गण्डकी     
     भाद्र १ गते २०८० मा प्रकाशित


मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम

मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता, पोखरा विश्वविद्यालयका रोशन प्रथम

पोखरा, १ भदौ/ सकारात्मक सोचको विकासका लागि युवाहरूमा गतिविधि गर्दै आएको सोच समूह मदरल्याण्ङद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम भएका छन् ।

गण्डकी प्रदेशभरिबाट ९८ कविताहरू दर्ता भएका थिए भने तीमध्ये लेखाइबाट छनोट भएका ७३ जना प्रतियोगी कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए । सहभागी कविताहरू सकारात्मक सोचको सेरोफेरोमा रहेर लेखिएका थिए ।

प्रथम भएका तिमिल्सिनाले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी चिसाखोला वेदविद्याश्रमका अर्जुन भट्टराईले द्वितीय स्थान हासिल गरे ।

त्यसै गरी तृतीय स्थान पोखरा विश्वविद्यालयकै निकेश गिरीले हासिल गरेका थिए भने सान्त्वना स्थान भानुभक्त माविकी अन्जना सुवेदी, पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विजय अधिकारी, पोखरा विश्वविद्यालयकै सुजित चौधरी र सैनिक आवासीय माविका मञ्जिल भण्डारी हात पार्न सफल भए । दोस्रो हुनेले नगद १२ हजार र प्रमाणपत्र, तृतीय हुनेले ८ हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले २ हजार ५ सय र प्रमाणपत्र प्रप्त गरे ।

साहित्यकारत्रय डा ईश्वरमणि अधिकारी, लक्ष्मण थापा र सरस्वती श्रेष्ठ ‘सरू’ ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सोही अवसरमा सोच समूह यूके का संयोजक मेजर डमर घले, सोच समूह यूएईका सयोजक हिरालाल श्रेष्ठ, कर्ण सकारात्मक ट्रस्टका संयोजक प्रवीण शाक्य लगायतका व्यक्तित्वहरु शुभकामना दिए । विद्यालय निर्देशक डा त्रिभुवन शर्मा, प्रअ नारायण बराल, लोकनाथ आचार्य, कर्ण शाक्यलगायतका व्यक्तिहरूले शुभकामना दिदै पुरस्कार वितरण गरेका थिए ।

सोच समूह मदरल्याण्डका संयोजक अर्विन ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन विद्यालयका शिक्षक विनित छन्त्याल तथा विद्यार्थीहरू अनुश्रेया सुवेदी, अनमोल रत्न बज्राचार्य, कञ्चन पाण्डे लगायतले कार्यक्रमको सञ्चालन गरेका थिए ।



Tags: