
मदरल्याण्ड मावि
पोखरा, ३१ साउन/ राष्ट्रिय परीक्षा वोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को परीषमा पोखराको मदरल्याण्डका ३ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् ।
गत बैशाखमा सम्पन्न परीक्षाको परीक्षफल अनुसार मदरल्याण्ड माविका विज्ञान संकाएका जीवन अधिकारी र कृतिका थापा र व्यवस्थापन संकाएका राजेश पौडेलले ३ दशमलव ९६ जिपिए ल्याएका विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए ।
परीक्षामा संलग्न विज्ञान समुहका २२६ र व्यवस्थापन समुहका १३० गरी ३५६ विद्यार्थीहरु मध्ये ३३९ विद्यार्थीहरु उतिर्ण हुन सफल भएको बरालले बताए ।
मदरल्याण्ड मावि एस वर्षको एईइमा उत्कृष्ट नतिजा निकाल्दै कास्की जिल्लामा उत्कृष्ट भउको थियो । केही वर्ष अगाडी संस्थागत विद्यालय तर्फ राष्ट्रिय स्तर मै प्रथम भएको थियो ।





