गण्डकी प्रदेशमा ७ महिनापछि विषयगत समिमित गठन

-


     क्लिक गण्डकी     
     श्रावण ३१ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, ३१ साउन/ गण्डकी प्रदेश सभामा ७ महिनापछि विषयगत समिति गठन भएको छ । प्रदेश सभाको नयाँ नियमावली तयार पारेर सोही अनुसार समिति गठन गरेको हो ।

मंगलबार बसेको प्रदेश सभाको बैठकमा सभामुख कृष्णप्रसाद धितालले समितिमा रहने सदस्यहरुको नाम बाचन गरे । समिति र सदस्यको प्रदेशसभाले स्वीकृत प्रदान गरेको छ ।

गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । ६० सदस्यीय प्रदेश सभाका ३ वटामा १५ र १५ जना र एउटामा १३ जना राखिएको छ ।

४ मध्ये २ समिति कांग्रेस, १ माओवादी र १ एमालेको भागमा परेको छ । प्रदेश सभामा अहिले सार्वजनिक लेखा, अर्थ तथा विकास, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति छन् ।