पोखरा–मुग्लिन सडक निमार्ण अलढिल्, व्यवसायी र सर्वसाधारण मारमा

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०८० मा प्रकाशित


पोखरा–मुग्लिन सडक निमार्ण अल्ढिल, व्यवसायी र सर्वसाधारण मारमा

पोखरा–मुग्लिन सडक निमार्ण अल्ढिल, व्यवसायी र सर्वसाधारण मारमा

पोखरा, २९ साउन/ पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ । पूर्विखण्डमा पर्ने आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्डमा पर्ने जामुने–पोखरा ३९ किलोमिटर दुई खण्डमा बाँडेर यो सडक बिस्तार भईरहेको छ । विस्तारका क्रममा भएको सडकले सर्वसाधारणलाई भने सास्ती दिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको विस्तारको काम चलिरहेको छ । दुई खण्डमा बाडेर भएको काममा अहिलेसम्म पूर्विखण्डको झन्डै ३२ प्रतिशत र पश्चिम खण्डको ८ प्रतिशत मात्र काम सकिएको छ । राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ भने पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले पाएको छ ।

निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार दुवै ठेक्का २०८१ भदौ मसान्तसम्म सकिनुपर्ने सम्झौता छ । तर कामको गति हेर्दा समयभित्र सडक निर्माण सकिने अवस्था छैन । सडक अवस्था देखेर सवसाधरण, पोखराका पर्यटन व्यवसायी, बन्दिपुरका पर्यटन पछि हैरानीमा छन् । सडक निमार्णको गति बढाउन सरोकारवालाई पोखराका पर्यटन व्यावसायीले दवाव दिए छन् । पोखरा–मुग्लिन सडकको स्थलयात्रा गर्दै पोखरेली व्यावसायीले ध्यानाकर्षण गराए । पोखरालाई मात्रै हैन सडक बन्दा सबैलाई सास्ती भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउ छन् ।

पोखरा पर्यटन परिषद्ले आइतबार तनहुँमा निर्माण कम्पनी, ठेकेदार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गरायो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले ठेकेदार र कन्सल्ट्यान्ट मिलेर लागत बढाउन काम ढिलो गरेको त हैन भन्दै प्रश्न गरे । उनले तपाईंहरुलाई कुनै समस्या भए बताउन तर कामलाई ढिलाइ गर्न नपाइने उनको भनाई थियो ।

सडकको निर्माण सुस्त हुदाँ पोखरामा मात्रै पर्यटक घटेका छैनन् । तनहुँको बन्दीपुरमा पनि पर्यटक घटेका छन् । आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरी अस्तव्यस्त छ । बाटो कहिलेसम्म बनिसक्छ ? बन्दीपुर आउन भनेर आएका पर्यटक बाटोको अवस्था थाहापाए पछि मुग्लिनबाटै फर्केर जाने गरेका छन् । पोखराबाट आउनेहरू बीचबाटै फर्किको होटल व्यवसायी संगीता प्रधान बताउ छिन् ।

दुई ठुला सहर काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चारलेनको बनाउने काम भइरहेको छ । आयोजनाका इन्जिनियर विष्णु प्रसाद पाण्डेले अहिलेसम्म निर्माणका क्रममा धेरै अवरोध भए पनि अब सबै अवरोध हटिसकेकाले निरन्तर काम हुने बताए । उनले सुरुका दिनहरूमा धेरै समस्या आएर काम ढिला भएको भन्दै अब फटाफट काम हुने बताए ।

पश्चिम खण्डका कन्ट्रयाक्ट डिपार्टमेन्ट प्रमुख लियु उ सम्झौता अनुसार म्यादभित्र काम सक्न प्रयासरत रहेको बताए । सुरुमा १ वर्ष विभिन्न समस्याले काममा ढिलाइ भयो पनि अहिलेको काम सन्तोषजनक नै रहेको बताए । एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो । १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ ।