
नेपाली कांग्रेस
पोखरा, २८ साउन/ पोखरा भित्र विभिन्न ठाउँमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरणका लागि पोखरा महानगरको तर्फबाट भएको प्रर्ति नेपाली कांग्रेस कास्कीको ध्यानआक्रर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै महानगरको सर्वपक्षिय निर्णयमा कांग्रेको सहभागीता नरहेको जनाएको छ ।
‘पोखराको सहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सवै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनितीक पार्टीहरुको धारणाले मात्रै सम्वोधन गर्न सक्दैन ।
यसैले पोखरालाई सुन्दर सहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।
सालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकावाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेको व्यहोरा यसैसाथ सवैमा जानकारी गराउन चाहन्छु ।’





