
शव
पोखरा, २७ साउन/ कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदिको किनारमा एक जना महिलाको शव फेला परेको छ ।
सेती नदिमा नै बालुवा चाल्ने काम गर्दै आएकी कुसुम भन्ने देउमाया गु?ङ सेती नदिको किनारमा मृत भेटिएकी हुन् ।
उनको शव नदि किनारमा भेटीएको प्रहरीले जानकारी दिएको छ ।
बालुवा चाल्ने स्थानीय बासिन्दाले दुई ढुंगाको बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीको उद्धार टोलीले उनको शबलाई बाहिर निकालेको थियो ।
उनको शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी साउन १३ गते साँझदेखि छोरीसहित बेपत्ता भएकी थिइन् ।







