बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द

-


     क्लिक गण्डकी     
     श्रावण २७ गते २०८० मा प्रकाशित


मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ

सडक फाइल तस्बिर

म्याग्दी, २७ साउन/ बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द हुने भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

सडकमा ढुङ्गा खस्ने समस्याको समाधन गर्न साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।

दैनिक जसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना हुनाले पहिरो सुरु हुने स्थानमा एस्काभेटर पु¥याई पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको विज्ञप्तीमा उल्लेख छ ।