पोखरामा करेन्ट लागेर महिलाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण २५ गते २०८० मा प्रकाशित


मेनुका बस्नेत थापा

मेनुका बस्नेत थापा

पोखरा, २५ साउन/ पोखरा महानगरपालिका १८ सराङकोट गोठादीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

पोखरा–१८, सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

उनले कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् ।

थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उनका श्रीमान् तथा नाबालक छोरा ११ बर्षिय र छोरी ७ बर्षिय रहेका छन् ।



Tags: