गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको १०० दिन, मुख्यमन्त्री सम्मेलन देखी बजेट सम्म

-


     क्लिक गण्डकी     
     श्रावण २० गते २०८० मा प्रकाशित


सुरेन्द्रराज पाण्डे

सुरेन्द्रराज पाण्डे

पोखरा, २० साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सम्हालेको शनिबार सय दिन पूरा भएको छ । नेपाली काग्रेसका संसदिय दलका नेता पाण्डेले वैशाख १५ मा २ मन्त्रीसहित सपथ लिएका पाण्डेले वैशाख २९ मा सरकारलाई पूर्णता दिएका थिए । शनिबार मुख्यमन्त्री पाण्डेले पत्रकार सम्मेलन गरेर १०० दिनमा ४६ बुदे काम गरेको फेरिस्ति सुनाए ।

वैशाख १५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री भएर सरकारको नेतृत्व सम्हाले उनले मुख्यमन्त्री सम्मेलन देखी बजेज ल्याउनुलाई मुख्य उपलब्धी ठानेका छन् । उनले संघीयतामा रहेका अवरोधहरु हटाउन प्रधानमन्त्री सहित मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरेको उपलब्धी पुर्ण रहेको बताए । उनले भने संघीयताबारे भएका समस्याहरु त्यस बैठकले अब क्रमस समाधान गर्दै जाने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै उपस्थितिमा असार १५ गते अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामै भने जसबाट संघीयतालाई सबलीकरण गर्न १७ बुँदे साझापत्र जारी गरेको थियो । प्रहरी समायोजन, वित्तीय हस्तान्तरणको ढाँचामा बदली, जग्गाप्राप्तिको अड्चन खुलाउने, निजामती सेवा र शिक्षा ऐन ल्याउने लगायत विषयमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । असार १६ गते राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक पोखरामा आयोजना भयो ।

त्यसै गरी यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाह प्रविधिमैत्री र छिटोछरितो बनाउन बिहान ८ बजे देखी नै सेवा शुरु गरेको बताए । त्यसै गरी मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएको लिफ्टिङ खानेपानी एवं सिँचाइ योजनाको विद्युत महसुलमा अनुदान दिने, २ सय ४० वटा लिफ्ट योजनाका लागि १ करोड ८८ लाख रुपैयाँ सरकारले वितरण गर्ने, प्रदेशमातहतका ९ सय ४० सहकारीहरुलाई निगरानी गर्ने व्यवस्था मिलाइएको र बचत अपचलन गर्ने सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीविरुद्ध कारबाही अगाडि बढाउने काम भएको मुख्यमन्त्री पाण्डेले बताए ।

गाईभैंसीमा देखा परेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण गर्ने १ लाख ३ हजार २ सय ३० खोप लगाएको, नवलपुरको लोकाहाखोला तथा कास्की र तनहुँको पुँडिटार औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन तयार पारेको उपलब्धीको रुपमा सार्वजनीक गरेका छन् । त्यसै गरी सरकारले स्वास्थ्य क्षेत्रलाई अलि संवेदनशील रुपमा लिएको मुख्यमन्त्री पाण्डेको दाबी छ । प्रदेशभित्र सरकारी ९ र निजी ६ गरी १५ वटा संस्थाबाट डायलसिस सेवा प्रदान हुँदै आएकोमा प्रदेशभित्र ५ सय ७६ बिरामीले डायलसिस सेवा लिइरहेका र ३ सय ३ जना डायलसिस सेवाका लागि पर्खाइमा रहेको बताए ।

त्यस संख्यालाई शून्यमा झार्ने लक्ष्य सहित संक्रामक तथा सरुवा रोग अस्पतालमा २५ सैया क्षमताको डायलसिस केन्द्र स्थापना गरेको बताए । अन्य अस्पतालमा सञ्चालनका लागि डायलसिस मेसिन खरिद पक्रिया अगाडी बढेको बताए । यस अगाडी एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेपनि केन्द्रको सत्ता समिकण फिरिदा अधिकारीको सरकार ढलेको थियो । गण्डकी प्रदेशमा नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र नेकपा एकका १ सांसद रहेका छन् ।



Tags: ,