पोखरामा डेंगुको संक्रमण बढ्यो

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०८० मा प्रकाशित


पोखरामा डेंगुको संक्रमण बढ्यो

डेंगुको संक्रमण

पोखरा, २ साउन/ पोखरामा डेंगुको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण बढेको बताए ।

उनका अनुसार पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको बताए । गण्डकी प्रदेशमा २ सय ६९ जनामा संक्रमण देखिएको छ ।

बढी संक्रमित भएका नेपालका १० जिल्लामध्ये कास्की पनि परेको छ । कास्कीमा १ सय ४९ जना छन् । नेपालमा पहिलो पटक सन् २००४ बाट डेंगु देखिन थालेको हो ।



Tags: