गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असार ८ गते २०८० मा प्रकाशित


गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु

गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु

पोखरा, ८ असार/ गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–३ स्थित पातले खोलामा शुक्रबार बिहान एक बजे दुर्घटना भएको हो ।

ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप गएराति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पाँच जनाको मृत्यु भएको भएपनि पहिचान खुल्न बाँकी छ ।

बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरूमध्ये एउटा गाडी दुर्घटना भएको प्रहरीको भनाई छ । गाडीमा १६÷१७ जना सवार रहेको अनुमान गरिएको छ । घाइते सबैलाई उपचारका लागि तनहुँ पठाइएको र केही डिस्चार्ज समेत गरिएको छ ।