पोखरामा भारतीय राजदूतावासको आयोजनामा योग शिविर (फोटो फिचर)

-


     क्लिक गण्डकी     
     असार ६ गते २०८० मा प्रकाशित


योग शिविर

योग शिविर

पोखरा, ६ जेठ/ पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासको आयोजनामा योग शिविर भएको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा शिविर भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको यो दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे । पोखरा र गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको भन्दै उनले यहाँ धार्मिक पर्यटक समेत उसैगरी आकर्षण गर्न सकिने भनाई थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भारतका विभिन्न सहरबाट पोखरा सिधाइ हवाई सम्पर्क कायम गरी पर्यटकीय चहलपहल बढाउन सकिने बताए । अन्नपूर्ण हिमशृंखललाको काखमा रहेको पोखरालाई अन्तर्राष्ट्रि योग केन्द्रका रुपमा समेत विकास गर्न सकिने मन्त्री किरातीको भनाई थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखराको पर्यटन प्रवद्र्धनमा भारत सरकार प्रयासरत रहेको भन्दै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थाल्नुका अतिरिक्त सडकमार्ग समेत सहज बनाउनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।