
अन्तर्राष्ट्रिय विमान
पोखरा, ५ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो ।
चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण ग¥यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी सहित पोखरा आएका छन् ।
चीनको सिचुवान प्रान्त बाट उडेको २ घण्टा ५५ मिनेटमा जहाज पोखरा आइपुगेको छ । शुक्रवारदेखि पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडीसँगै दर्शक र चिनियाँ पर्यटकहरूले विमान चार्टर्ड गरेका हुन् ।
जहाजमा १३० जना यात्रु सवार थिए । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अङ्ग्रेजी नयाँ वर्षको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।





