पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

-


     क्लिक गण्डकी     
     असार १ गते २०८० मा प्रकाशित


पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

पोखरा, १ असार/ पोखराको फेवातालमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको भने प्रतियोगितामा भाग लिन आउनेहरु आउने क्रम शुरु भएका आयोजकले जानकारी दिएका छन् ।

चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहआयोजनाकामा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेका पोखरामा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल हुने नेपाल पर्यटन बोडका सिइओ डा धनन्जय आचार्यले जानकारी दिए । चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम बीच डुंगा दौड प्रतियोगिता हुनेछ । डुंगा रेस २ सय र ५ सय मिटर हुनेछ । नेपाली र चिनिया प्रतियोगि गरी १ सय २० जना खेलाडी हुने उनले बताए ।

फेस्टिभलले चिनियाँ पर्यटन प्रवद्धनमासहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । फेस्टिभलमा नेपालस्थित चिनियाँ राजदूत र चीनका तीन सहरका मेयरको पनि सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहित २६० जना विमान चार्टड गरेर पोखरा आउने छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने गरी जुन २१ मा दुई वटा चार्टड विमान चीनबाट पोखरा आउने तयारी छ । फेस्टिभलका लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।



Tags: