
मृत फेला
पोखरा, २३ जेठ/ पोखराका दुई जना मृत फेला परेका छन् । पोखराको फेवाताल र पोखरा १४ स्थित नहरमा एक एक जना मृत फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
पोखरा १४ नहरमा फेला परेको शव पोखरा ११ फुलबारीका ४२ बर्षिय रिखीराम शर्मा पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी फेवातालमा भेटिएको शबको पहिचान खुलेको छैन ।
दुबै घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । उनले दुबै शवको पोष्टमार्टका लागि पश्चिमाच क्षेत्रिय अस्पताल राखीएको बताए ।







