विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०८० मा प्रकाशित


विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान

विश्वविद्यालय तथा कलेजमा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई मदरल्याण्डको सम्मान

पोखरा, १९ जेठ/ विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्याण्ड माविले शुक्रबार विद्यार्थी सम्मान गर्दै प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता विद्यालयको शुरु गरेको छ ।

मदरल्याण्डबाट कक्षा १२ सकेर उच्च शिक्षाका लागि नाम चलेका विदेशी कलेज तथा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी र अविभावकलाई विद्यालयमा सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्राट ढुङ्गाना हार्वड विश्वविद्यालय, ओस्कार दियाली कर्नेल कलेज अमेरिका, विभूषी तिमिल्सिना र दीक्षा गिरी स्वीट बेरियर कलेज अमेरिका, निशान्त चौधरी साउथ्रन मिसिसिपी विश्वविद्यालय अमेरिका, सन्देश आचार्य हाइनान नर्मल विश्वविद्यालय चिन, आलोक पौडेल मिसनिज स्टेट विश्वविद्यालय अमेरिका र प्रशान्त भण्डारी नेस्नल मेडिकल कलेज नेपाल रहेका छन् ।

यस वर्ष मात्र विद्यालयबाट दस जोड दुई पूरा गरेका चौध जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यालयका प्रिन्सिपल नारायण बरालले जानकारी दिए ।

कार्याक्रममा गण्डकी विश्वविद्यालयका कूलपति प्रध्यापक डा. गणेशमान गुरुङले विद्यार्थीका लागि पहिलो विद्यालय नै आमाहरु भएका कारण आमाहरुले उचित शिक्षा दिनु पर्ने बताए । उनले विश्व चर्चित विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर अध्ययन गर्ने नेपाली विद्यार्थीहरू बिरलै भएका र तीमध्ये मदरल्याण्डबाट यति धेरै विद्यार्थीले विदेशका विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकामा प्रशंसा गरे ।

उनले विद्यार्थी केन्द्रित प्रयोगात्मक शिक्षामा विशेष जोड दिइने भएकाले अहिले धेरै विद्यार्थी विदेश अध्ययनमा जाने गरेको बताए । उनले विदेशमा उच्च अध्ययन गरी सकेपछि विद्यार्थीलाई नेपाल मै फर्किएर देशको सेवा गर्नु पर्ने बताए । कार्यक्रममा विद्यालयका निर्देशक डा त्रिभुवन बरालले विद्यालयले विद्यार्थीलाई अझ हौसाल प्रदान गर्नका लागि कक्षा ८ मा जिपिए ४ ल्याउने विद्यार्थीलाई नगद ५ हजार, एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार माविमा ४ जिपिए ल्याउने विद्यार्थीलाई २ लाख नगदले सम्मान गर्ने गरेको बताए ।

सोही अवसरमा विद्यालयले भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरेको गण्डकी प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिताको पनि सोही समारोहमा उद्घाटन गरे । शनिबार सम्म चल्ने प्रतियोगतामा गण्डकी प्रदेशभरिबाट चालिस समूहले भाग लिएको कार्यक्रम संयोजक तथा गणित शिक्षक विष्णु गौतमले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन शुक्रबार सहभागी सम्पूर्ण विद्यार्थीलाई हाजिरी जवाफसम्बन्धी अभुमुखीकरण गरिएको थियो ।

विद्यालयका अङ्ग्रजी विषयका विभागीय प्रमुख बामनकुमार घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्राचार्य नारायण बराल, निर्देशक त्रिभुवन शर्मा तथा सम्मानित विद्यार्थी सम्राट ढुङ्गाना लगायतले शिक्षालाई प्रभावकारी बनाउन लागेको बताए ।



Tags: ,