साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

-


     क्लिक गण्डकी     
     जेठ ५ गते २०८० मा प्रकाशित


जनार्दनशरण त्रिपाठी

जनार्दनशरण त्रिपाठी

पोखरा, ५ जेठ/ साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान ८० वर्षको उमेरमा निधन भएको हो । संस्कृत मावि पोखराका पूर्व प्रधानध्यापक समेत रहेका छन् ।

उनी हेमजा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् । उनी बिरामी रहेकै अवस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यका संघ संस्थाले हेमजास्थित घरमै पुगे सम्मान गरेका थिए । दिवंगत जनार्दनको आजै अन्त्येष्ठि गरेको परिवारले जनाएको छ ।



Tags: