पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०८० मा प्रकाशित


पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन

पोखराका पाँच पेट्रोलपम्पमा पोखरा महानगरको अनुगमन

पोखरा, ३ जेठ/ पोखरा महानगरपालिकाले पोखराका पाँच पेट्रोलपम्पमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा हेमजा, मालेपाटन, मासबार र विरौटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएको हो । अनुगमनमा पेट्रोलीयम पर्दाथको परिणाम र गुणस्तर चेक गरिएको थियो ।

प्राविधिक टोलीले गरेको चेकजाँचमा परिणाम र गुणस्तर ठिकठाक भेटिए छ । पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

पोखरा २५ हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल स्टोर्स, मालेपाटनको सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग, पोखरा महानगरपालिका कर्मचारी र नेपाल आयल निगमका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नविकरण भए नभएको अनुगमन गरेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयो । ‘परिणाम र गुणस्तरमा कैफियत फेला परेन’, पौडेलले भन्नुभयो ।

उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता सञ्चालन भएको पाइएको छ । महानगरमा दर्ता गर्न निर्देशन दिएको उहाले बताउनुभयो ।