गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल पाए विश्वासको मत

-


     क्लिक गण्डकी     
     वैशाख २१ गते २०८० मा प्रकाशित


सुरेन्द्रराज पाण्डे

सुरेन्द्रराज पाण्डे

पोखरा, २१ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभामा आज उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् ।

उनको विपक्षीमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली काग्रेस, माओवादी र एकिकृत समाजबादीको समर्थन रहेको छ भने एमाले विपक्षीमा रहेको छ । त्यसै गरी राप्रपाले तटस्थ बसेको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले बैशाख १५ गते शपथ लिए र २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

पाण्डेले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिएका हुन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको थियो । संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशका सरोकारहरुलाई सबै सगँ मिलेर अगाडी बढ्ने बताए ।

त्यसै गरी संसदमा नेकपा एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारी, एमालेका सांसद महेन्द्रध्वज जिसी, नेकपा माओवादीका हरिबहादुर चुमान र राप्रपाका पन्चराम गुरुङले प्रदेशको विकास गर्न एक हुनु पर्ने बताए ।



Tags: ,