गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले विश्वासको मत लिदै

-


     क्लिक गण्डकी     
     वैशाख २१ गते २०८० मा प्रकाशित


सुरेन्द्रराज पाण्डे

सुरेन्द्रराज पाण्डे

पोखरा, २१ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिदै छन् । पाण्डेले विश्वासको मत आज दिउँसो २ बजे संसदमा लिदै छन् ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले बैशाख १५ गते शपथ लिए र २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

पाण्डेले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् । ६० सिट रहेको गण्डकी प्रदेशमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट छ ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको थियो ।

पाण्डेले विपक्षी दलसँग विश्वासको मत दिन विपक्षीलाई पत्रपठाएर विश्वासको मत मागेका छन् । उनले मंगलबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पाण्डेले विश्वासको मत माग्दै पत्र पठाएका हुन् । नेकपा एमालेको २२ र राप्रपाको २ सिट छन् ।



Tags: ,