वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु

-


     क्लिक गण्डकी     
     वैशाख ८ गते २०८० मा प्रकाशित


वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु

वडा १५ मा सेनिटरी प्याड बनाउने तालिम शुरु

बैशाख ८,पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा महिलाहरुका लागि घरेलु सेनिटरी प्याड बनाउने तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणाबहादुर बानियाँले महिलाहरुको सशक्तिकरण, शिप विकास तथा क्षमता अभिबृद्धी गर्ने उद्येश्यले वडाले कार्यक्रम आयोजना गरेको बताए ।

तालिमका प्रशिक्षक सरस्वती अधिकारीले महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिने बताइ । उनले यो बेला पेट दुख्ने, हातखुट्टा कटकट खाने, मूड अस्थिर हुने, जिउ दुख्ने जस्ता समस्याहरु आमरुपमा देखिने हुँदा यस्तो बेलामा स्याहार र आरामको निकै महत्व हुने औल्याइन । वडा सदस्य मन्दिरा परियारले महिलाहरुले प्रयोग गर्ने प्याडलाई सर्वसुलभ बनाउनुपर्ने बताइन् ।

कार्यक्रममा वडा सदस्य आशिष भण्डारी, बलराम पौडेल, सेतीमाया गुरुङ्ग, कोलपाटन आमा समुहका अध्यक्ष सावित्री पौडेल लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिने हुँखा आफ्नों स्वास्थ्यमा ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिए । तीन दिने तालिममा वडाका ३५ जना महिलाहरुको सहभागिता रहेको छ ।



Tags: