बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख ६ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

६ बैशाख, जनकपुर/ महोत्तरीमा बुधबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते चालक र उनकी भतिजीकोको शुभ स्वस्तिक अस्पताल बर्दिबास र श्रीमतीको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।