सेती खोंचमा खसेकी बालिकाको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख २ गते २०८० मा प्रकाशित


सेती खोंचमा खसेकी बालिकाको मृत्यु

सेती खोंचमा खसेकी बालिकाको मृत्यु तस्बिरः सुरेश सुनार

पोखरा, २ बैशाख/ पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ ।

पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टा उनको उद्धार भएको थियो ।

उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।
उनी साथीहरु सगँ घुम्नाका लागि त्यहाँ पुगेकी थिइन् ।



Tags: