पोखराको हेम्जामा आलु महोत्सव सुरु

-


     क्लिक गण्डकी     
     चैत्र २६ गते २०७९ मा प्रकाशित


पोखराको हेम्जामा आलु महोत्सव सुरु

पोखराको हेम्जामा आलु महोत्सव

पोखरा, २६ चैत/ पोखरा २५ हेमजामा आइतबार (आज) देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो ।

महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले बजेट किसानमुखी बनाउन पहल भइरहेको उल्लेख गरे ।

कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गरे । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाब दिए ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् । महोत्सवमा प्रतिकिलो ३५ रुपैयामा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।



Tags: