साढे दुई महिना देखी बेपत्ता गुरुङको शव सेती नदीमा फेला

-


     क्लिक गण्डकी     
     चैत्र २४ गते २०७९ मा प्रकाशित


शव

पोखरा, २४ चैत/ साढे दुई महिलना देखी बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ । गुरूङको शव सेती नदीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

गुरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए । ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।

मंगलबार अर्का व्यक्ति ३१ वर्षीया अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरूङको शव भेटिएको सशस्त्रको गोताखोरले जनाएको छ ।

मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्काले नदीमा हाम फालेकि थिइन् ।