
सम्राट ढुंगाना
पोखरा, १८ चैत/ पोखराको मदरल्याण्ड सेकेन्डरी स्कुलका सम्राट ढुंगानाले अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट स्नातक तहका लागि पुर्णछात्रवृत्ति पाएका छन् ।
हार्वड युनिभर्सिटी निकै कम मात्र विद्यार्थीले पुर्ण छात्रवृत्ति पाउने गर्दछन् । उनी कक्षा १२ को नतिजामा गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका थिए । उनले ३.८८ जिपिए ल्याएका थिए।
उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढेका थिए । पढाइमा मेधावी उनी छात्रवृत्रिमा अमेरिकामा अध्ययनका लागि जान लागेका हुन् ।





