रात्रिकालीन हवाइ उडानले पोखराका पर्यटन व्यवसायीमा उत्साह

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०७९ मा प्रकाशित


रात्रिकालीन हवाइ उडानले पोखराका पर्यटन व्यवसायीमा उत्साह

रात्रिकालीन हवाइ उडानले पोखराका पर्यटन व्यवसायीमा उत्साह

सागर राज तिमिल्सिना
पोखरा, २९ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर बुद्ध एयरले चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरे सगँ व्यवसायीमा खुसी छाएको हो ।

बुद्ध एयरले काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान शुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिश्राम पोखरामा भएको छ । यी जहाज बिहानै सोही गन्तव्यका लागि उड्ने गरेका छन् ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास नाट्टा पोखराका अध्यक्ष हरि राम अधिकारी बताउ छन् । उनले पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयर थप गरेका उठानबाट अझ टेवा मिल्ने बताए ।

पोखराबाट भद्रपुर सिधा उडान बुद्ध एयरले अहिले थप गरेको हो भने अन्य क्षेत्रमा दिऊसोमा हुदै आएका उडानलाई रात्रीकालीन उडान गरेको हो । पर्यटकहरुले छिटोे र आरामदायी यात्राका कारण हवाइ यात्रालाई रोज्ने टान पोखराका अध्यक्ष धर्मराज पन्थी बताउ छन् । उनले पर्यटनसँगै हवाइले जोडेका दुई शहरका स्थानीय उत्पादन प्रर्वद्धन गर्न टेवा पुग्ने बताए ।

पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सख्या बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ । पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान भएको करिब दुई महिना पछि रात्रिकालिन हवाई उडाए भएको हो । बुद्ध एयरले साँझको समयमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै गन्तव्यमा फर्कन सहज हुने बताएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ । यसैगरी पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ । पोखरा महानगरपालिकाका मयेर धनराज आचार्य सहित पर्यटन व्यवसायीहरु भद्रपुर पुगेर आसपासको क्षेत्रमा प्रचार प्रसार समेत गरेका छन् । पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न छिटै सञ्चालन गर्न व्यवसायीको माग छ ।



Tags: