
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व सांसद विष्टको जवाफ बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक
पोखरा, २१ फागुन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टिका पूर्व सांसद ईन्द्र धारा विष्टले पढेको बुझेको सबै यथार्थ नहुने बताउदै जवाफ लेखेका छन् ।
गण्डकी प्रदेशका पूर्व सांसद विष्टले फेसबुकमा ओलीलाई सम्बोधन गर्दै मुस्ताङमा विश्व विद्यालय आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष ओलीले भारतले चीनलाई लक्ष्त गरी मुस्ताङमा विश्व विद्यालय खोल्न लागेको भन्दै शनिबार एक कार्यक्रममा आलोचना गरेका थिए । मुस्ताङमा बिश्व कै सहज बौद्ध दर्शनको उच्च अध्ययन र अध्यापनको लागि विश्व विद्यालय आवश्यक रहेको विष्टले लेखेका छन् ।
यस्तो छ
दरणिय अध्यक्ष कमरेडका साथै सबैमा
अभिवादन
केहि समाचारहरु हजूरले पढ्नु भयो, पत्याउनु भयो र हजुरले ब्यक्त पनि गर्नु भयो। तर अध्यक्ष कमरेड हजूरले पढेको बुझेको सबै यथार्थ हो कसरी भन्न सक्नुहुन्छ । त्यसैले त्यो भ्रमलाई चीर्न र बुझाऊन म यो सानो मैले बुझेको र केहि सहकार्य गरेको कुरालाई राख्दै छु ।
सन्दर्भ मुस्ताङ बिश्व बिधालय
८८ यो मुस्ताङमा कुनै बिश्व बिधालय बन्न लागेको हैना, यहा हाम्रो गाउँहरूमा जन्डै दुई दर्जन गुम्बाहरू छन। धेरै गुम्बाहरुमा गुम्बा बिधालय छ तर दुखा साथ भन्नु पर्छ हामी संग बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाऊ एउटा पनि छैना। तसर्थ उच्च शिक्षाको लागि विगतमा टिबेट र अहिले ईन्डीया जाने गर्छ । हामी सबैको प्रयास हो यो उच्च अध्ययनको लागि एउटा बुद्धिस्ट उच्च बिधालयको अवस्याक्त छ। त्यसलाई मध्यनजर गरि हाम्रै संस्था सबैको संस्था ूसाक्या बौद्ध संघू मुस्ताङको प्रयासमा ईन्डीया एम्बेसीले चासोका साथ सहायोगको अस्वाशन पाइएको हो।त्यो प्रकृया पुरा गर्न आजै हाम्रो सरकारको धेरै कगाजी कामहरु छ।सबैमा सहायोगको अपेक्षा गर्छु।
८८ यो आवश्यकता पूरा गर्नका लागि हामी सुरुबाटै सल्लाह र सहायोग गर्दै अईराहेको मात्रै हैना मुस्ताङमा बिश्व कै सहज बौद्ध दर्शनको उच्च अध्ययन र अध्यापनको लागि हामी मुस्ताङ बासी एक भएर लाग्नेमा दुई मत छैना । यो धर्मिक लाफाड केन्द्र, कुनै ब्याक्तीको स्वार्थ भोकेको र राष्ट्रियता माथि अंच अऊने कूनै परियोजना हैना ।
हिजो हाम्रो यस क्षेत्रमा लो खेल्छेन सोनम ल्येन्डुप र ज्येचुन कुङ्गा डोछ्योकको समय करिब चार पाच सय बर्ष अगडी उच्च शिक्षालिने ठाऊ भिक्षुहरूको लागि लोमन्थाङ्ग गा। पा। वडा नं ३ फुवा गाउँ र भिक्षुनी हरूको लागि लोगेकार दामोदर कुण्ड गा।पा। वडा नं १, मराङ गाउँमा थियो। अहिले हामी त्यही ईतिहसलाई दोराऊने र हाम्रो आफ्नो समस्यालाई हल गर्न यो परियोजनालाई अगडी बडाऊन लागेको हो। साथै सबैलाई सहजको लागि ूफूवा र मराङ निषेधित क्षेत्रमा पर्ने भएको हुदाू निषेधित क्षेत्र भन्दा बहिरा निर्माण गर्न लागेको जाग्गा समेत ब्यक्तीहरु बाट प्रप्ता गरिसकेको छ।
मेरो अनुरोध अध्यक्ष कमरेड लगायत सबैमा यो हाम्रो मुस्ताङको आवश्यकता ,ईतिहसले सुजायको, हामी सबैले चहिएको र अहिलेको यो समय हामीले यो परियोजनालाई सफल बनाउन साके त्यो अनुसारको विद्वान ब्याक्तित्वहरु समेत हाम्रै क्षेत्रकै ब्याक्तित्वहरु तयार रहेको हुदा सके सहायोग नसके अंच नपुराऊन र यो बिषायलाई राजनीतिक नबानाऊन सबैमा अनुरोध गर्दछु। साथै अध्यक्ष कमरेड तपाईको राष्ट्रियता भवनलाई सलम गर्दै अस्ति तपाईको अभिव्यक्तीले हामीलाई असहज महसुस भैएको हुँदा विशेषगरी हाम्रो गौरवशाली पार्टी नेकपा एमाले मुस्ताङको भविष्यमाथि समेत चुनौती थप्ने र प्रश्न उठ्ने भएको हुँदा यस बारे तपाईको ध्यानाकर्षण गर्न बाध्य भएको छु ।
ईन्द्र धारा बिष्ट
सदस्य
प्रदेश कमिटी गण्डकी





