
शनिबार पोखरामा निःशुल्क सिए सेमिनार
पोखरा, १० फागुन/ सिए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ध्यानमा राखेर पोखरामा शनिबार फागुन १३ गते निःशुल्क सिए सेमिनार हुने भएको छ ।
सिए अध्यापन गराउने काठमाडौंको गुरुकुल सिएले सिए सम्बन्धि सेमिनार गर्न लागेको हो । पोखरा नागढुङ्गामा रहेको बाजेको सेकुवामा विहान १० बजे देखी १२ बजे सम्म सेमिनार आयोजना गर्दैछ ।
सिए र एसिसिए अध्ययन गर्न ईच्छुक विद्यार्थीहरूका लागि सेमिनार हुने गुरुकुल सिएका संस्थापक मुकुल भट्टले जानकारी दिए । उनका अनुसार भविष्यमा लेखाको क्षेत्रमा जानकार हुन या लेखामा भविष्य खोज्ने विद्याथीहरूलाई लक्षित गरेर गुरुकुलले पोखरामा सेमिनार राखेको बताए ।
उनले प्रसिद्ध चार्टर्ड एकाउन्टेन्टहरु संग अन्तरक्रिया, सिए अध्ययन सम्बन्धी जिज्ञासा र शंकाहरू समाधान गर्ने र चार्टर्ड एकाउन्टेन्सीको गतिशील करियर मार्ग बुझ्ने मौका पाउने बताए ।





